शनिश्चरे । अर्जुनधारा नगरपालिका-७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । 

मिलडाँडाका ईन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाएर चोरी गरेका उनीहरुबाट चोरीका सामानसहित भरुवा बन्दुक र खुकुरी बरामद भएको हो ।

प्रहरी चौकी शनिश्चरेमा होम प्रसाद खनालको टोलीले अर्जुनधारा-४ का आदित्य लिम्बू, छिरिङ तामाङ र निखिल तामाङलाई पक्राउ गरेको हो । प्रहरीले छिरिङ तामाङको घरबाट भरुवा बन्दुक बरामद गरेको जनाएको छ । 

उनीहरुको साथबाट चांदीको सिक्री-२ थान, नेपाल टेलीकमको ५० रुपैंया दरको रिचार्ज कार्ड १९ थान, चांदीको औठी २ थान, चांदीको पाउजु- २ थान र एनसेल कम्पनीको ५० रुपैया दरको रिचार्ज  कार्ड ५ थान फेला परेको प्रहरीले जनाएको छ ।