बिर्तामाेड । झापाकाे बिर्तामाेडमा सुतिरहेकाे समयमा गएराती चाेरले महिलामाथी आक्रमण गरेर लाखाैंकाे धनमाल चाेरी गरेकाे छ । 

बिर्तामाेड-६ काे सुगम शान्ति टाेलमा सुतिरहेकी महिलामाथी आक्रमण गरेर लाखाैंकाे धनमाल चाेरी भएकाे हाे ।  बिष्णु प्रसाद अधिकारीकाे श्रीमती कृतिका अधिकारीमाथी आक्रमण गरेर बेहाेस बनाई धनमाल चाेरी गरेकाे प्रहरीले जनाएकाे छ । 

अधिकारी घरमा नभएकाे समयमा उनकाे घरको दोस्रो तल्लाको झ्यालबाट पसेर उनकी श्रीमतीमाथी आक्रमण भएकाे थियाे । छाेरीसँगै सुतिरहेकाे समयमा चाेर आएकाे थाहा पाएर प्रतिकार गर्दा उनकाे नाकमा चाेट लागेकाे छ । चाेटका कारण उनी बेहाेस भएकाे समयमा  दराजबाट सुन-३ तोला, चाँदी-१ तोला,  लत्ताकपडा १ लाख  बराबरकाे, झर्के थाल-१० थान, बटुका-५ थान, ओपो कम्पनिको मोबाईल-१ थान चाेरी गरेकाे प्रहरीले जनाएकाे छ । 

साे घरबाट अन्दाजी ५ लाख ७५ हजार-बराबरको सामग्री चोरी भएको प्रहरीले जनाएकाे छ । घटनामा घाइते भएकी अधिकारीकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ । प्रहरीले घटनाकाे अनुसंधान गरिरहेकाे जनाएकाे छ ।