बिर्तामोड । छात्रामाथी यौन दुब्र्यबहार गरेकाे अभियाेग लागेका पावरटेक कम्प्युटरका सञ्चालक र कर्मचारीलाई कडा कारवाही गर्न झापाको वीर अमरसिंह मावीले माग गरेको छ ।
बिर्तामोडको पावरटेक कम्प्युटरमा व्यवहारिक अभ्यास शिक्षण(ओजेटी) का लागि पठाएका बिद्यार्थीमाथी भएको यौन दुब्र्यबहारपछि उनीहरुलाई कडा कारवाही गर्न बिद्यालयले माग गरेको हो । मंगलबार बिद्यालयमा पत्रकार सम्मेलन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरिएको हो । घटनापछि बिद्यालयले त्यहाँ पठाइएका बिद्यार्थी फिर्ता बोलाएको छ ।
वीर अमरसिंह मावीमा कम्प्युटर ईन्जिनियरिङ अध्ययन गर्दै गरेका छात्रामाथी बिर्तामोडको भद्रपुर रोडमा सञ्चालित पावरटेक कम्प्युटरका सञ्चालक र कर्मचारीले यौन दुब्र्यबहार गरेको घटना सार्वजनिक भएको थियो । घटनामा संलग्न भएको अभियोगमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र कर्मचारी नारायण खनाललाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये मेचे रिहा भएका छन् भने खनालमाथी प्रहरीले हिरासतमा राखेर अनुसंधान गरिरहेको छ ।
साउन ३२ गते छात्रामाथी यौन दुब्र्यबहार भएको बिद्यालयले जनाएको छ । मंगलबार बिद्यालयमा पत्रकार सम्मेलन गरी पावरटेकका सञ्चालक मेचे र शिक्षक खनालले छात्रामाथी यौन दुब्र्यबहार गरेको जानकारी दिंदै उनीहरुमाथी कडा कारवाही गर्न अनुरोध गरेको छ ।
वीर अमरंिसह मावीमा २०७४ सालदेखि कम्प्युटर ईन्जिनियरिङ अध्ययन हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्म त्यस बिद्यालयमा प्रविधिक धारको सो बिषयमा अध्ययन हुँदै आएको हो । कोर्ष अनुसार बिद्यार्थीले इसइई परीक्षापछि ३०० घण्टा, कक्षा ११ को परीक्षापछि ३०० घण्टा र कक्षा १२ को फाइनल परीक्षापछि ६०० घण्टा ओजेटीमा सहभागी हुनुपर्छ । त्यसपछि मात्र बिद्यार्थीको १०० पुर्णांकको परीक्षा पुरा हुने नीति राष्ट्रिय परीक्षा बोर्डको छ ।
त्यसका लागि बिद्यालयले बिर्तामोड क्षेत्रका बिभिन्न कम्प्युटर पसल तथा ईन्स्टिच्युटहरुमा बिद्यार्थीलाई ओजेटी गराउँछ । त्यसैक्रममा पावरटेकमा पठाइएका छात्रामाथी यौन दुब्र्यबहार भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए । छात्रामाथी यौनजन्य दुब्र्यबहार भएपछि त्यहाँबाट बिद्यार्थी फिर्ता लगिएको उनले बताए । त्यहाँ वीर अमरसिंहका ५ जना बिद्यार्थीलाई ओजेटीका लागि सहभागी गराइएको थियो ।
मेचे र खनालले १८ बर्ष पुुरा भएपछि आए आइफोन किन्दिने भन्दै छात्राहरुमाथी यौनजन्य हिंसा गर्ने गरेको आरोप लागेको छ । खनालले बिद्यार्थीको निजी अंगमा छुने, चलाउने र घुम्न जान दवाव दिने गरेको बिद्यार्थीलाई उदृत गर्ने प्रधानाध्यापक यदुनाथ अधिकारीले जानकारी दिए । उनले बिद्यार्थीमाथी हिंसा गर्ने दुबैजनालाई कडा सजाय दिन माग गरेका छन् ।

















