सुरुङगा । झापाको शिवसताक्षीमा घरेलु हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

आज साँझ पौने ७ बजे भएको यो घटनामा श्रीमती पूजा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ओमप्रसाद अधिकारीले धारिलो हतियार खुकुरी प्रयोग गरेर पूजाको हत्या गरेको छिमेकीले बताए ।

स्थानीय वडा नं ८ निपत्रियाको यो घटना श्रीमान श्रीमतीको आन्तरिक कलहका कारण भएको हुन सक्ने छिमेकीले अनुमान गरेका छन्। घटनास्थलमा यतिबेला प्रहरी पुगेको छ। प्रहरीले ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको घटनाका प्रत्यक्षदर्शीले बताएका छन् ।