बिर्तामाेड । ओजेटीमा सहभागी छात्रामाथी याैन दुर्ब्यबहारकाे बिराेत्र गर्दै नेपाल बिद्यार्थी संघले पीडकलाई कडा कारवाही गर्न माग गरेकाे छ । 

नेविसंघका बिर्तामाेड नगर सभापति साङ्गे दाेर्जे शेर्पा र सचिब मनिष काेइरालाले बिज्ञप्ती जारी गर्दै पिडकमाथी कडा कारवाही गर्न माग गरेका हुन् । विज्ञप्तीमा घटनाप्रति भर्त्सना गर्दै सत्य तथ्य छानविन गरी दाेसीमाथी कडा कारवाही गर्न प्रशासनसँग माग गरिएकाे छ । 

केही दिन अघि बिर्तामाेड-२ काे वीर अमरिस‌ह मावीका एक छात्रामाथी पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र कर्मचारी नारायण खनालले याैनजन्य हिंसा गरेकाे घटना बाहिरिएकाे थियाे । उनीहरुले ती छात्रामाथी बिभिन्न याैन दुर्ब्यबहारजन्य शब्द बाेल्नुका साथै सम्बन्धका लागि प्रस्ताव गरेकाे पीडितकाे भनाई छ । 

घटनापछि प्रहरीले खनाललाई पक्राउ गरेकाे छ भने मेचेमाथी मुद्दा चलाएकाे छैन । नेविसंघले निश्पक्ष छानबिनकाे माग गर्दै दाेषीमाथी कडा कारवाहीकाे माग अघि सारेकाे छ ।