काकडभिट्टा । झापाको काँकडभिट्टाबाट लागूऔषध ब्राउन सुगरसहित उर्लाबारीका युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमामोरङ उर्लाबारी नगरपालिका वडा न. २ बस्ने खुमराज भण्डारी रहेका छन् । प्रहरीले उनको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
उनलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।

















