बिराटनगर । उदयपुरमा तीनजना सवार मोटरसाईकलमा आगो लागेको छ । 

त्रियुगा नगरपालिका-११ को त्रियुगा पुलमा तीनजना  अपरिचित व्यक्ति मोटरसाईकलमा आएर सोही मोटरसाइकलमा आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ ।

स ८ प ७८७६ बजाज कम्पनीको १५० सिसिको कालो रङगको मोटरसाइकलमा सवार तीन व्यक्तिले आगो लगाएर फरार भएका हुन् । आगलागीबाट मोटरसाइकलमा पुर्णरुपमा क्षति भएको छ । 

आगलागी नियन्त्रणका लागि दमकल, प्रहरी र स्थानीयले प्रयास गरेका थिए । प्रहरीले आगो लगाउने सो समुहको खोजी सुरु गरेको जनाएको छ ।