बिराटनगर । नेपालबाट भारततर्फ कारको डिक्कीमा लुकाएर  निकासी गर्न लागेको ७२ केजी गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका-१८ जतुवामा रहेको लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा  भारतको जोगबनी बस्ने बैजनाथ रजक, पप्पु रजक र  आलोक कुमार रहेका छन् ।

भारत तर्फ जाँदै गरेको बिडब्ल्यु १६ यु १०७१ नम्बरको कारमा गाँजा निकासी गर्न लागिएको भन्ने बिशेष सुचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् । कार चालक फरार रहेको बताइएको छ । पक्राउ परेको ७२ केजी गाँजा, कार र तीनजना भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।