दमक । झापाको शिवसताक्षीबाट प्रतिबन्धित औषधीसहित तीनजना पक्राउ परेका छन् ।
गएराती १० बजेको समयमा दुधे चौकमा उनीहरू प्रतिबन्धित औषधीसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका-१० माइधार बस्ने दिपेश तामाङ, सोही स्थानका सिमान्त सुब्बा र श्याम दर्जी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले झिलझिलेबाट माइधार तर्फ जादैं गरेको प्र १-०१-०१५ प ३२२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुमाथी शंका लागेर चेक जाँच गर्ने क्रममा स्कुटरको डिकि भित्र ट्रामाडोल -१७४ क्याप्सुल मध्ये ८ वटा क्याप्सुल प्रयोग गरि १६६ क्याप्सुल बाँकि रहेको, कोलीवन -१६० क्याप्सुल मध्य ६ वटा प्रयोग गरि १५४ वटा क्याप्सुल बाँकी रहेको फेला परेको थियो ।
प्रहरीले स्कुटर सहित स्कुटरमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















