बिर्तामाेड । झापाकाे बुद्वशान्तिमा छोरीलाई जबरजस्ती करणी गरी गर्भवती बनाउने एक झड्केलो बाबु पक्राउ परेका छन् ।
अरु आफन्त नभएकी १४ वर्षीया ति बालिकालाई पीडकले नै पालन पाेषण गरेर हुर्काएका थिए । उनले बालिकालाई पटक पटक करणी गरेकाे बालिकाले प्रहरीसँगकाे बयानमा भनेकी छन् । उनी गर्भवती भएपछि घटना बाहिर आएकाे हाे ।
बलात्कृत बालिकालाई सेफ हाउसमा राखिएको र घटनामा संलग्न झड्केलो बुबालाई पक्राउ गरी आबश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

















