झापा । मधेस प्रदेशका डिआईजी यज्ञविनोद पोखरेलको बैंक खातामा अस्वभाविक कारोबार भेटिएपछि प्रहरी प्रधान कार्यालयले उनी, एकजना बिचौलिया र १० जना प्रहरी अधिकारीलाई अनुसंधानको लागि हेडक्वार्टर तानेको छ ।

एकजना व्यक्तिको खाताबाट लगातार रकम ट्रान्सफर भएको खुलासा भएपछि) प्रहरी प्रधान कार्यालयले तानेर छानबिन सुरु गरेको जनाएको छ ।

 अनैतिक धन्दामा डिआइजीसंग घुलमिल देखिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको हो।डिआइजी पोखरेल र बिचौलिया जितेन्द्र कर्ण गरि १२ जना प्रहरीहरु अनुसन्धानको क्रममा प्रहरी हेडक्वार्टर तानिएका छन् ।

हेडक्वार्टर तानिनेमा सीमा प्रहरी चौकी दुहबी धनुषाका सई चन्द्रप्रसाद यादव, प्रहरी चौकी महुवा सप्तरीका असई उपेन्द्र प्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ हवल्दार निरज कुमार साह, जिप्रका बाराका हवल्दार बच्चेलाल यादव तथा ईप्रका बालंखा भोजपुरका हवल्दार बृजेस मुखिया रहेका छन् ।

यसैगरी ईप्रका निजगढका हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, प्रहरी चौकी जनकपुरधामका सहायक हवल्दार अशोककुमार यादव, मधेश प्रदेश प्रहरी जनकपुरधामका सहायक हवल्दार ईश्वर अच्छामी, प्रहरी चौकी कपिलेश्वर धनुषाका सहायक हवल्दार मुकुन्द शर्मा र जिप्रका धनुषामा कार्यरत रहेका प्रहरी जवान सतेश लाल रहेका छन् ।