बिर्तामोड । बिर्तामोडको गिरीबन्धु टि-स्टेट नजिकै बिस्फोट भएको कुकर फेला परेको छ।
बिर्तामोड ६ स्यालडागी स्थित, गिरीबन्धु टि स्टेट प्रलि भित्र रहेको शम्सेर एण्ड गंगादेबी टि-स्टेटको कम्पाउण्ड वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ ।
छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि-स्टेटको कम्पाउन्ड वाल बाहिर नेकपा(माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ ।
स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए । आज बिहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित बिस्फोट भएको कुकर बरामद गरेको छ ।
प्रहरीका अनुसार सो स्थानमा बिस्फोट भएको जस्तो नदेखिएको , अन्यन्त्र कतै बिस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ ।

















