बिर्तामाेड । झापाकाे बिर्तामाेडमा ५ बर्षकी बालिकालाई मुख मैथुन गरेकाे अभियाेगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामाेड नगरपालिका-३ का ४५ बर्षिय एकराज साह रहेका छन् । 

घरमा काेही नभएकाे समयमा बालिकामाथि दुर्ब्यबहार गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ । स्थानीयले साहलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए । साेमबार दिउँसाे साहलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेकाे ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।