बिर्तामाेड । सशस्त्र प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाको टोलीले ब्राउन सुगरसहित कमल गाउँपालिका–७ बस्ने सन्देश लिम्बू र सोही ठाउँका पूर्ण लिम्बूलाई पक्राउ गरेको हाे ।

उनीहरूलाई झापा गाउँपालिका १ लसुना सीमाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलवार बेलुकी ७ः५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ७८४० नम्बरको स्कुटरलाई शंका लागेर खानतलासी गर्ने क्रममा स्कुटरको भाइजरमा लुकाएर ल्याएको अवस्थामा ९ दशमलब ७९० ग्राम ब्राउनसुगर फेला परेको थियाे। उनीहरुलाई पक्राउ गरी  आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइसकेकाे उनले बताए  ।