बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी स्टेट नजिकै नचिनेको महिलाको शव फेला परेको छ ।
अन्दाजी ४५/५० बर्षकी महिलाको मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यतिबेला ईलाका प्रहरी कार्यालय, अनारमनी झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटी आवश्यक अनुसन्धान तथा मुचुल्काको कार्य गरिरहेको जनाईएको छ । उक्त महिलाको पहिचान खुल्न बाँकी रहेको बताईएको छ ।

















