अर्जुनधारा । झापाको अर्जुनधाराका वीर बहादुर चौहान श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
आज दिउँसो अन्दाजी ४ बजे अर्जुनधारा-३ जुङगेघारी बस्ने चौहानले श्रीमती मुना चौहानको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।
चौहानले श्रीमती मुनालाई छिमेकी भरत कुमालको घर आगनमा धारिलो हतियारले घाँटीमा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीलाई धारिलो हतियार प्रहार गरि मरणासन्न अवस्थामा पुर्याएका चौहान स्थानीय जुकेखाडी जंगलमा लुकेका थिए । प्रहरीले घटनाको डेढ घण्टापछि चौहानलाई जङगलबाट नियन्त्रणमा लिएको जनाएको छ ।
चौहानलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान गरिरहेको झापाका प्रहरी प्रवक्ता कृष्ण बहादुर चन्दले जानकारी दिएका छन् ।

















