काँकडभिट्टा । काभ्रेपलाञ्चाेकका हाेम कुमार मैनाली झापाकाे काँकडभिट्टामा लागू औषध ब्राउनसुगरसहित काँकडभिट्टाबाट पक्राउ परेका छन् ।
शनिबार राती अन्दाजी १० बजे मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट १३ ग्राम खैराे हेराेइन ब्राउन सुगरसहित मैनालीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
भारतको पानीट्याङ्कीबाट सिटिसफारीमा नेपाल तर्फ आईरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा मलद्धारमा लुकाएर ब्राउन सुगर ल्याउँदै गरेकाे फेला परेकाे प्रहरीले जनाएकाे छ । मैनालीलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसंधान शुरु गरिएकाे झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

















