बिराटनगर । ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका-८ का युवराज बस्नेत आफ्नै हातको नाडी काटेर बेहोस अवस्थामा भेटिएका छन ।

खिजिदेम्बा-५ मा होटल व्यवसाय गरिरहेका उनी होटलको कोठाभित्र चुक्कुल लगाएर बेहोस भइरहेको अवस्थामा भेटिएका हुन् । 

होटलको ढोका फुटाएर हेर्दा हातको नाडि काटेर बेहोस भएको अवस्थामा उनी फेला परेका थिए  । उनलाई उद्दार गरेर स्थानीय  खिजिफलाटे आधारभूत अस्पतालमा उपचारको लागि पठाएको प्रहरीले जनाएको छ ।