बिर्तामोड । झापामा श्रोत नखुलेको ५ लाख ३४ हजार रुपैयाँसहित एकजना भारतीय पक्राउ परेका छन् ।
विशेष सुचनाका आधारमा झापा गाउपालिका-२ टाघनडुब्बाबाट भारतको किसनगञ्जका असफाक आलमलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाको टोलिले आलमलाई पक्राउ गरेको हो ।
प्र१-०१-०१२ प ४३८८ नम्बरको मोटरसाइकलमा नेपाल आउदै गर्दा आलम पक्राउ परेका हुन् । उनको साथबाट श्रोत नखुलेको ५ लाख ३५ हजार नेपाली रकम बरामद भएको जनाइएको छ ।
आलमलाई आबश्यक कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउने तयारी भईरहेको जनाइएको छ ।

















