बिर्तामाेड । झापाकाे बाह्रदशीबाट प्रहरीले तास खेलिरहेका ७ जनालाई पक्राउ गरेकाे छ । गाेप्य सुचनाका आधारमा गएराती १२ बजे बाह्रदशी-५ का धर्मेन्द्र साहको घरमा तास खेलिरहेकाे अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे हाे । 

इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामाेड) काे टाेलीले साहसहित साेही स्थानका भुजकर आलम, तजयमुल हुसेन, बाह्रदशी-४ का भोला सहनी, कमल देबनाथ गणेश, हल्दिबारी-१ का सरल राई र जगदिस चौधरीलाई नियन्त्रणमा लिएकाे छ ।

उनीहरुबाट ८४ हजार ६७० रुपैयां नगद, ३ थान माेवाइल र १४ बुङ्ग तास बरामद भएकाे प्रहरीले जनाएकाे छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसंधान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।