बिर्तामोड । बाह्रदशीबाट पक्राउ परेका सात जना जुवाडेमाथि सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
उनीहरूलाई मंगलबार अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
तास खेलिरहेको अवस्थामा १४ बुङ तास र नगदसहित ७ जना जुवाडे बाह्रदशीबाट पक्राउ परेका थिए । बाह्रदशी गाउँपालिका-५ फूलबारीका धर्मचन्द्र साहको घरमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले छापा मारेको थियो ।
त्यसक्रममा नगद ८४ हजार ६७० रुपैयाँ, ३ थान मोबाइल फोन र १४ बुङ तास फेला परेको थियो । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-५ का घरधनी साह, वडा- ४ का भुजकर आलम, सोही वडाका भोला सहनी, कमल देवनाथ गणेश, वडा- ५ का तजयमुल हुसेन, हल्दिबारी गाउँपालिका-१ का अन्दाजी ३४ वर्षीय सरल राई र सोही ठाउँका जगदीश चौधरी रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

















