बिर्तामोड । झापाको बिर्तामोडबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलाममा पक्राउ परेका छन् ।

मंगलवार बिहान अन्दाजी १०:३० बजे बिर्तामोडबाट मे ६ प २८६७ नं २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । बिर्तामोड ५ का सविन शेर्माको मोटरसाइकल हराएको थियो । हराउनेबित्तिकै त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए ।

मोटरसाइकल खोजी गर्नेक्रममा हिजो साँझ ५:३० बजे महमाई प्रहरी चौकीले सो मोटरसाइकलसहित इलाम माई नगरपालिका ६ बस्ने २४ वर्षीय मनिश गिरीलाई पक्राउ गरेको हो । गिरीलाई मोटरसाइकलसहित राति नै इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।