काँकडभिट्टा । भारतबाट नेपालतर्फ गैरकानुनी रुपमा प्रवेश गर्न लागेका दुईजना बंगलादेशी पक्राउ परेका छन् ।
आज दिउँसो २ बजे झापाको मेचीनगर नगरपालिका वडा नं-७ स्थित गैरीगाउँ सीमा इलाकाको सानो सीमा स्तम्भ नं।९०÷३ नजिक बंगलादेशीहरु २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन पक्राउ परेका हुन् । उनीहरुको साथबाट भिभो मोबाइल १ थान, सामसुङ मोबाइल १ थान, बंगलादेशी टाका १५०० र व्यक्तिगत सामानसहित २ वटा झोला बरामद भएको छ ।
बीओपी सतिघट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ शंकास्पद रुपमा प्रबेश गर्दै गरेको अवस्थामा चेकजाँच गर्दा कुनै पनि परिचयपत्र नभएको र आफ्नो स्थायी वतन बंगलादेश बताउने उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेशराज विष्टले बताए । उनले सामानसहित आवश्यक कार्वाहीको लागि दुवै जनालाई अध्यागमन कार्यालय काँकरभिट्टामा बुझाइएको जानकारी दिए ।

















