बिर्तामोड । सामान्य बादविवादका क्रममा झापाको बाह्रदशीका मानकुमार राजबंशीले छिमेकीको हत्या गरेका छन् ।
झापाको बाह्रदशी गाउँपालिका-५ फुलबारीका राजवंशीले सोही स्थानका ४५ बर्षिय गंगा लाल माझीलाई रड प्रहार गरि हत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रकाश विष्टका अनुसार शनिबार बेलुका माझी राजबंशीको घरमा झगडा गर्न गएका थिए ।
पुरानो रिसइविको कारण बिवाद हुँदा राजबंशीले फलामको रडले माझीको टाउकोमा प्रहार गरेका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको रड र रड प्रहार गर्ने राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

















