काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध

भ्रष्टाचार मुद्दा दायर भएकाे छ । 

झापाकाे बिर्तामाेडमा एकजना भारतीयसँग ८० हजार रुपैयाँ घुस लिएकाे समयमा ओली पक्राउ परेका थिए । अख्तियार दुरुपयाेग अनुसंधान कार्यालयकाे नियन्त्रणमा रहेका उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएकाे हाे ।

जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा ओलीलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ओलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ८० हजार रुपियाँ बिगो कायम गरी सजाय हुने माग दाबी लिइ विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको छ ।