बिर्तामोड । स्रोत नखुलेको ठूलो मात्रामा अमेरिकी डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् ।

बिहीवार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ आउँदैं गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार गौरादह नगरपालिका -५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया अमेरिकी डलरसहित पक्राउ परेका हुन् ।

मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरीकी डलर १०० दरका २९७ थान २९,७०० फेला परेको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसको नेपाली मूल्य ४० लाख ३३ हजार रहन्छ ।