बिर्तामोड । झापाको बुधबारेबाट ४ केजी गाँजा र तीनलाख बढि नगदसहित एक महिला पक्राउ परेकी छन् ।
बुद्वशान्ति गाँउपालिका-३ धिमाल टोलमा सो परिणामको नगद र लागूऔषध गाँजासहित २९ की दुर्गा धिमाल पक्राउ परेकी हुन् ।
गाँजाको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले श्याम धिमालको घर खानतलासी लिदा निज सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी फेला परेको प्रहरीले जनाएको छ ।
धिमालको घरबाट २ हजार ३६० भारतीय रुपैयाँ, ३ लाख ६ हजार ८७० नेपाली रुपैयाँ तराजु -१ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाईटर १० पिस, सुतली डोरी १० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, दाउ जस्तो कटर चक्कु ३ थान, कैचि १ थान, अचानो २ वटा, हतौडा १ थान र मोबाईल १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालयको सुचना केन्द्रले जनाएको छ ।
उक्त सामानसहित श्याम धिमालको छोरी दुर्गालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

















