काँकडभिट्टा । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेकाे २ लाख बढी मुल्यका सामानहरु प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
मेचीनगर नगरपालिका वडा नं. ६ हनुमान मन्दिर अगाडि हुदैं भारतबाट नेपाल तर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउदैं गरेको साे परिणामकाे सामान प्रहरीले बरामद गरेकाे जनाएकाे छ ।
बरामद भएका सामानहरुमा मोवाईलको एयरफोन ६५ पिस, टेम्पर ग्लास २४० पिस, वारलेस ब्लुतुथ ४५ पिस, चार्जर ५० पिस, चार्जर आईसि ५ पिस, लसुन ५० केजी, मोबिल १७ बट्टा, नरिवल ७ केजी, पानीपुरी १० केजी, जिरा ६ केजी, भाडा धुने सावुन ६ दर्जन, हेपिलेण्ड चुईगम ३ बट्टा, ललीपप ४ प्याकेट, भुटेको चना १० केजी, चिनि ३० केजी, सलाई २ काटुन, बटुका ३० पिस, कोक १२ पिस, खाने तेल १ ग्यालिन, भेष्ट ७ पिस रहेकाे जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीले बरामद भएका सामानकाे मुल्य २ लाख ७ हजार भएकाे जनाएकाे छ । बरामद भएका सामानहरु भन्सारमा बुझाइएकाे उनले बताए ।

















