इटहरी । सुनसरीको भोक्राहा नर्सिङ-२ स्थित अकाह टोलबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

विशेष सुचनाको आधारमा खानतलासी गर्दा लुकाई छुपाई राखेको अवस्थामा चाईनिज पेस्तोल थान १ थान, त्यसको म्याग्जिन थान १ थान र त्यसमा लाग्ने  २ राउन्ड गोली बरामद भएको हो । 

प्रहरीले पेस्तोलसहित शम्सेर अन्सारी (आलम ) लाई  नियन्त्रणमा लिएको जनाएको छ । अन्सारीका दाजु कुसित अन्सारी फरार रहेकोले खोज्ने कार्य भईरहेको जनाइएको छ ।