बिर्तामोड । झाापाको बिर्तामोडमा नवजात शिशु मृत फेला परेको छ। बिर्तामोड ५ को जात्रुवारीमा गर्भमा अन्दाजी ३÷४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अबस्था घोप्टो परी मृत फेला परेको हो ।

आज दिउँसो अन्दाजी २.३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । त्यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

करिव एक महिनाअघि पनि त्यस ठाउँमा त्यस्तै नवजात शिशुको शव फेला परेको थियो ।