बिर्तामोड । भारतबाट भन्सार छलेर ल्याउदै गरेको अवस्थामा प्रहरीले २ लाख ३९ हजार रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ । 

मेचीनगर नगरपालिका-७ ईटाभट्टा चोकबाट भारत देखी नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदैं सामग्री प्रहरीले बरामद गरेको हो । 

बरामद भएका सामग्रीमा चिनी ७० के.जी., चक्लेट ५१ प्याकेट, बिष्कुट -१५ प्याकेट , सेतो तिल ५ के.जी. ,भाडा धुने साबुन १ कार्टुन, सख्खर ५ के.जी., कोक १० बोतल, लेज ३० वटा  रहेका छन् । 

प्रहरीले सामानको मूल्य २ लाख ३९ हजार तोकेर आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाएको जनाएको छ ।