बिर्तामोड । झापाको मेचीनगर-१३ चारआलीबाट ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् ।
लागुऔषध ब्राउन सुगरको कारोबार गर्दै गर्दा एक महिला पक्राउ परेकी हुन् । २५ बर्षिय लुबी कामाईलाई ४६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

















