काँकडभिट्टा । भारतबाट नेपालतर्फ लागूऔषध ब्राउन सुगर ल्याउदै गर्दा मोरङको पथरी शनिश्चरेका एक दम्पती काँकडभिट्टामा पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका-६ मेचीपुलमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्वरे नगरपालिका-६ बस्ने बर्ष ३० को इश्वर भुजेल र उनको श्रीमती बर्ष ३८ कि शान्ती आङ्देम्बे रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ सिटि सफारिमा आउदैं गरेको अवस्थामा २ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

















