दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध संघीय लिम्बुवान प्रन्तिय मन्चको विद्यार्थी सङठन संघीय विद्यार्थी युनियन लिम्बुवान झापाको चौथो जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
अधिवेशनले अभिषेक पौडेलको अध्यक्षतामा १९ सदस्य कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा निप्रेस लिम्बू
र सोनिहाङमा लिम्बु, सचिबमा चेतराज गौतम र अर्थ-सचिबमा आमेस राई चयन गरेको छ ।
सदस्यहरुमा हृदेस ढुङ्गाना, लक्ष्मण भुजेल, अभिनास मगर, जोन राई, निशान दर्जी, लक्ष्मण खवास, सुगम बस्नेत, सुनिल पान्डे, सुगम बस्नेत, सुभास भुजेल, विशाल राया, पर्बत राई, गौरब इम्बुङर हेन्सल राई चयन भएका छन् ।
अध्यक्ष सुशान्त साम्पाङको सभापतित्व र पार्टी उपाध्यक्ष बिष्णु भटराईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा पार्टी बरिस्ठ सदस्य सुरेन्द्र निङ्लेखु, प्रान्तीय सचिब टक माङ्लाक,अर्थ सचिब दिलु लिङ्देन लावती,लासाङ निङ्लेखु,सदस्य बिबेक सुनुवार,राजु लिम्बु,जिल्ला अध्यक्ष राजा आङ्थुपो,दमक अध्यक्ष याम लोरिङ्देन लगायतको उपस्थिति रहेको थियो ।