भद्रपुर । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टा र अस्थाई प्रहरी मेचीबिट झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ लागूऔषध  लिएर आउदै गरेका ४ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा झापाकाे अर्जुनधारा नगरपालिका-५ बस्ने प्रेमा तामाङ, भद्रपुर नगरपालिका-९ बस्ने वर्ष २६ को दिपेन्द्र खापुङ, दमक नगरपालिका-४ बस्ने सन्जय राई र इलामकाे माई नगरपालिका-१ बस्ने रोमन श्रेष्ठ  रहेका छन् । उनीहरुकाे साथबाट मे १० प ५६४७, मे.२.प.६४१९ र  मे ४ प ५९९७ नम्बरकाे माेटरसाइकल बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

पक्राउ पर्नेका साथबाट ६ ग्राम १२  मिलिग्राम ब्राउन सुगर बरामद भएकाे छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसंधान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।