बिर्तामोड । गएराती झापाको बिर्तामोडमा तरबार प्रहारबाट नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य  तथह झापा इन्चाार्जजसहित तीनजना घाइते भएका छन् । 

घाइते हुनेहरुमा बिर्तामोड नगरपालिका-४ बस्ने बर्ष अन्दाजी ३७ का खगेन्द्रराज आङदम्बे, एमालेका बिर्तामोड नगर कमिटी सदस्य वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३५ का विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता वडा नं ४ बस्ने वर्ष अन्दाजी ३० का अजय खवास रहेका छन् । घाइतेहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुलाई बिर्तामोड नगरपालिका ४ बस्ने बर्ष ४५ का खगेन्द्र खालिङ राईलगायतको ४/५ जना युवा आएर तरबारजस्तो देखिने धारिलो हतियार प्रहार गरी कुटपिट गरी घाइते बनाएको बताइएको छ । उनी लिम्बुवानजन्य संगठनमा रहेको बताइएको छ ।

गएराति १२ बजे बिर्तामोड नगरपालिका-४ भद्रपुर रोडमा रहेको दरबार रेस्टुरेन्ट अगाडि सोही रेस्टुरेन्टमा बसेर घर फर्किने क्रममा दुई समूहबीच झगडा भएको थियो । आपसी लेनदेनका विषयमा उनीहरुबीच विवाद भएको हुनसक्ने आशंका गरिएको छ । घटना संलग्न मानिसहरु फरार रहेकाले खोजी भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।