बिर्तामाेड । ईलाका प्रहरी कार्यालय सुरुङ्गाकाे टाेलीले ८ केजी गाँजासहित एक दम्पतीलाई पक्राउ गरेकाे छ । प्रहरीले कनकाई-४ काे मनकामना टाेलबाट साेही स्थानका ईन्द्र चाैधरी र उनकी श्रीमती ममता चाैधरीलाई निय‍न्त्रणमा लिएकाे हाे । 

बिषेश सुचनाका आधारमा छापा मारेकाे प्रहरीले चाैधरीकाे घरबाट नै ८ केजी ४० ग्राम गाँजा बरामद गरेकाे जनाएकाे छ । पक्राउ परेका दम्पतीलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसंधान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिएका छन् ।