बिर्तामोड । सशस्त्र प्रहरीले झापाबाट १ हजार ६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले करीव १ हजार ६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकसहित पक्राउ पर्नेमा धनकुटाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत रहेका छन् ।
इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नंम्बर १ बराह बाहिनी मुख्यालय र नंम्बर २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाईल सेट समेत बरामद भएको छ । नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारवाहिको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले बताएको छ।

















