बिर्तामोड । भारतबा नेपालतर्फ ब्राउन सुगर लिएर आउदै गर्दा प्रहरीले दुईजनालाई पक्राउ गरेेको छ । 

भारतबाट तरकारी खरिद गरेेर आउदै गरेका इलाम र बिर्तामोडका दुई युवाको साथबाट ब्राउन सुगर बरामद भएको हो । भारतको गलगलियाबाट तरकारीको झोलाभित्र ९ ग्राम१ मिलिग्राम लागूऔषध ब्राउन सुगर लिएर आउदै गरेका माई नगरपालिका-५ का भुपेन्द्र लावती र बिर्तामोड-५ का राजिव चौधरी पक्राउ परेका हुन् । 

वडा कार्यालय भद्ररपुरको टोलीले उनीहरुलाई मे ६ प ९९७७ नम्बरको मोटरसाइकलमा नेेपालतर्फ आउदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ । अहिले साँझ पक्राउ परेेका उनीहरुमाथि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।