बिर्तामोड । सशस्त्र प्रहरीले लागूऔषध नियन्त्रणका लागि परिचालन गरेको कुकुरको माध्यमबाट ठुले परिणाममा ब्राउन सुगरसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

ल्याब्राडोर जोजो नामको ड्रग डिटेन्सन ट्रेडमा सम्मिलित कुकुर र नेपाल प्रहरी लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टाको टोलीले १५८ ग्राम ७६ मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुईजना भारतीय कारोबारीलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको वेष्ट बंगाल उत्तर दिनाथपुर जिल्ला दाकोला गिराम बस्ने वर्ष ३२ को सम्साद खान र सोही स्थान बस्ने वर्ष २७ को साहेव अली रहेका छन् । पाइन्टभित्र ब्राउन सुगर लुकाएर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको समयमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका दुबृजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।