बिर्तामोड । अखिल नेपाल महिला संघ झापा क्षेत्र नम्बर १ ले नयाँवर्ष २०८२ को शुभकामना आदान प्रदान तथा जेष्ठ माताहरू भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

बुद्धशान्ति-६ चुल्ठे आमा समूहको हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता क्षेत्रीय कमिटी अध्यक्ष कृष्ण कुमारी चापागाईले गरेकी थिइन् । कार्यक्रममा ५ जना बिपन्न समुदायका बृद्वाहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला संघ जिल्ला कमिटी उपाध्यक्ष एवम् नेकपा एमाले पार्टी जिल्ला कमिटी सचिवालय सदस्य रेणुका डाँगीको रहेको थियो । अनेमसंघ पुर्ब क्षेत्रीय इन्चार्ज एवम् नेकपा एमाले पार्टी जिल्ला कमिटी सदस्य बिन्दा प्रसाई, पार्टी जिल्ला कमिटी सदस्य सन्जु ढुंगेल, क्षेत्रीय कमिटी इन्चार्ज एवम् अनेमसंघ जिल्ला कमिटी सदस्य जानुका ओली, अनेमसंघ जिल्ला कमिटी सदस्य, पार्टी नगर कमिटी सदस्य, मेचीनगर नगर कमिटीकी अध्यक्ष, बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष, नेकपा एमाले पार्टी तथा विभिन्न भातृ संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।