बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषि बजार समितिमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

समितिले कार्यालय भवन निर्माण गर्दा सार्वजनिक खरिद ऐनको कार्यान्वयन नगरेको, विभिन्न सामग्री खरिद गर्दा कमिसन लिएको, व्यवसायीसँग भाडा असुल गर्दा पारदर्शिता नअपनाएको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको हो ।

अख्तियारले कृषि विभागलाई पत्र लेख्दै कृषिथोक बजारमा देखिएका अनियमितता छानविन गर्न निर्देशन दिएको छ । समितिको निर्णय विनै गरेका गतिविधिको छानविन र कारवाही गर्न अख्तियारले निर्देशन दिएको छ ।

कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष निरज ओलीले समितिको निर्णय बिनै आर्थिक कारोबार गर्ने गरेको बुझिएको छ । उनले आफुखुशी समिति सञ्चालन गरेका कारण अरु सदस्य रुष्ट बनेका छन् । 

IMG_20250501_090243