बिर्तामाेड । झापाकाे बाह्रदशी गाँउपालिका-५ फूलबारीमा रहेकाे बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागू औषधजन्य औषधीसहित एक महिला पक्राउ परेकी छन् ।
लागू औषध बिक्री बितरण गरिरहेको भन्ने सुचनाको आधारमा छापा मारेकाे प्रहरी टाेलीले खानतलासी गर्दा प्रतिवन्धित ट्रामाडोल ७९५ ट्याबलेट, नियन्त्रित औषधिहरु एन्टीकफ ४७० ट्याबलेट र डिक्लाेमिन ३९८० ट्याबलेट बरामद गरेकाे थियाे ।
प्रहरीले उक्त मेडिकलको संचालक बन्दना पोखरेललाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर थप अनुशन्धान भई रहेको जनाएकाे छ ।

















