झापा । झापाकाे मेचीनगर-६ साठी विगाबाट प्रहरीले लागूऔषधसहित चारजनालाई पक्राउ गरेकाे छ । हिजाे साँझ साठी विगाका राधिका प्रधानकाे घरमा डेरा लिएर लागूऔषधकाे काराेबार गर्ने मेचीनगरका ४ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरुमा मेचीनगर-६ शान्तिगाँउ वस्ने को दिपक मल्लिक, सरोज दाहाल, सौगात पोखरेल र मेचीनगर-७ सत्तिघट्टा बस्ने गुडु भन्ने बिजय भुजेल  रहेका छन् । 

पक्राउ पर्नेको साथबाट १ ग्राम १९० मिलिग्राम लागुऔषध खैरो हेरोइन, ४ वटा माेवाइल र नगद ५ हजार बरामद भएकाे प्रहरीले जनाएकाे छ । उनीहरुले लागूऔषध ब्राउन सुगर प्याकिङ गरेर बिक्री गर्दै गरेकाे अवस्थामा फेला परिएकाे थियाे ।