अर्जुनधारा । प्रतिबन्धित लागूऔषधसहित अर्जुनधाराबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा-८ का अर्जुन राजबंंशी रहेका छन् । लागूऔषध बिक्री वितरण भईरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी चौकी शनिश्वरेबाट खटिएको टोलीले खानतलासी लिँदा राजवंशीलाई विभिन्न किसिमका लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।
राजवंशीको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ५०० मिलिग्राम र घर बाहिर दाउरा राख्ने कटेरामा लुकाएर राखेको ३ ग्राम ९० मिलिग्राम, ९ वटा एम्पुल र नगद २७ हजार ६७० बरामद गरेको जनाएको छ ।

















