बिर्तामोड । झापाको बिर्तामोडमा ग्याङ फाइट हुदा एकजना घाइते भएका छन् । घटनामा संलग्न दुईजना पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका-६ को स्यालडाँगीमा दुई समूहबीच गएराति ग्याङ फाइट भएको हो । ग्याङ फाईटमा सोही स्थानमा आरएन राजबंशी घाइते भएका छन् । टाउकामा चोट लागेका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ

राजवंशी र विष्णु खवास लगायतको समूहसँग सोही स्थानका राज सुन्दास लगायतको समूहको झगडा भएको थियो । राजवंशीको समुहमा ६,७ जना र सुन्दासको समूहमा ८,९ जना युवाहरु रहेका थिए ।

घटनामा संलग्न अन्य फरार रहेका छन् । उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।