बिर्तामाेड । झापाकाे शिवसताक्षीमा बाबुले खुकरी प्रहार गर्दा छाेरा घाइते भएका छन् । घरायसी बिवादका क्रममा शिवसताक्षी नगरपालिका-३ पाराबारीका मनकुमार तामाङले उनका छाेरा सुसन तामाङमाथि खुकुरी प्रहार गरेका हुन् । 

आज बिहान भएकाे सामान्य बिवादका क्रममा मनकुमारले सुननमाथि खुकुरी प्रहार गरेका थिए । सुसनकाे टाउको र दाहिने खुट्टाको घुँडा पछाडि चाेट लागेकाे छ । 

घाइतेलाई उपचारको लागि निम्स अस्पताल दमक पठाईएको  रअबस्था मध्यम रहेको प्रहरीले जनाएकाे छ । खुकुरी र खुकुरी प्रहार गर्ने मनकुमारलाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।