बिर्तामाेड । झापाकाे भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले अवैधरुपमा चिरान गरिरहेको अबस्थामा डिभिजन वन कार्यालयले ८३‍.५२ क्युबिक फिट सखुवाकाे काठ नियन्त्रणमा लिएकाे छ ।

शुक्रवार बेलुका चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले समितिकै मातहतमा रहेकाे काठ मिलमा अवैधरुपमा चिरान गरिरहेको अवस्थामा ८३.५२ क्युफिट सखुवाको चिरान काठ नियन्त्रणमा लिएकाे हाे । 

कटान अनुमतिभन्दा बाहिर वन समितिले काठ चिरान गरिरहेको अबस्थामा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए । उनले सो काठ आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालयमा ल्याइएको जानकारी दिए ।