बिर्तामाेड । बिर्तामोडबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ। प्रहरीले विशेष अपरेसन सञ्चालन गरेर मोटरसाइकिलसहित चारजनालाई पक्राउ गर्न सफल भएको जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठले मोटरसाइकल चोरीमा केही व्यक्तिहरू पक्राउ गरिएको जानकारी दिएका छन् । प्रहरीका अनुसार कन्काई-६ का रन्जित राजवंशी, बिर्तामोड-३ का कुमार राजवंशी, प्रदीप राजवंशी र बिर्तामाेड-७ का जागिर आलमलाई पक्राउ गरेको छ ।
प्रहरीले कन्काईका रन्जित र बिर्तामोडका कुमार चोरीमा संलग्न व्यक्ति भएकाे बताएकाे छ । उनीहरूले बिर्तामोड-७ का जागिर आलमलाई मोटरसाइकल चोरेर बिक्री गर्दै आएका थिए। प्रहरीले एक थान सुपर स्प्लेन्डर एक थान , एभेन्जर एक थान, साइन एक थान, एक थान पल्सर बाइक र टिभिएस कम्पनीकाे एक थान माेटरसाइकल उनीहरूको साथबाट बरामद गरेको छ।

















