बिर्तामोड । झापा प्रहरीले बिर्तामोडबाट साढे तीन करोड बढि मुल्यको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले तीनवटा कन्टेनरमा लोड गरेर ल्याउदै गरेको अवैध सामग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको विशेष टोलीले बिर्तामोड नगरपालिका-५ बाट अवैध सामान सहितको कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी निरिक्षक प्रविण श्रेष्ठको टोलीले काँकडभिट्टाबाट भन्सार प्रक्रिया पूरा नगरि भित्रयाएको track combine harvester with starw collector and standard accessories नामको कृषि उपकरण बरामद भएको हो । भारतीय एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरको कन्टेनर ढुवानी गरिरहेको सामग्री बरामद भएको हो ।
बरामद सामानको मूल्य ३ करोड ६१ लाख रुपैया रहेको जनाइएको छ । बरामद सामग्रीसहितको कन्टेनरलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।

















